SHARE
अन्नपूर्ण · शुक्रबार​ ७ कात्िक २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

कारागारमा कैदीबन्दीहरुले एकआपसमा लगाए भाइटीका

नुवाकोट : केन्द्रीय कारागार नुवाकोटका कैदीबन्दीहरुले एक–आपसमा खुशीयाली साटासाट गर्दै सामूहिक रूपमा यस वर्षको तिहार पर्व मनाएका छन्। विदुर नगरपालिका–६ खम्पाक्याम्पमा रहेको केन्द्रीय कारागार नुवाकोटमा रहेका कैदीबन्दीले बिहीबार एकआपसमा भाइटीका लगाउनुका साथै सामूहिक रूपमा देउसी भैलो खेलेका हुन्।  विभिन्न मुद्दामा कैद सजाय पाएका तथा मुद्दा फैसला नहुन्जेलसम्मका लागि बन्दी जीवन बिताइरहेकाहरूले कारागारभित्रै एकआपसमा रमाइलो गर्दै तिहार मनाएको कारागार कार्यालयले जनाएको छ।