SHARE
अन्नपूर्ण · शुक्रबार​ ७ कात्िक २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

केराको कारोबारमा वृद्धि

महोत्तरी : छठ पर्वको मुख्य प्रसादको रूपमा प्रयोग गरिने केराको कारोबारमा वृद्धि भएको छ । यस पर्वमा केराको घडी भगवानलाई अर्घको रूपमा अर्पण गर्ने भएकाले स्थानीय बजारमा अहिले केराको माग उच्च रहेको छ।सदरमुकाम जलेश्वर, बर्दिबास, गौशाला, रामगोपालपुर, औरही लगायतका मुख्य बजारका साथै ग्रामीणस्तरको हटियाहरुमा समेत अहिले केरा खरिद गर्ने ग्राहकहरूको भिडभाड बढेको छ। गौशालाका केरा व्यापारी अजय कुशवाहाका अनुसार यसपटक व्यापारीहरूले गोदाममा बाहिरबाट केरा खरिद गरी थन्काएको बताएका छन्।