जेनजी शहीदको सम्झनामा माइतीघरमा सामूहिक भाइटीका (फोटोफिचर)
काठमाण्डु– गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा जेन–जी पुस्ताले काठमाण्डुको माइतीघरमा सामूहिक भाइटीका मनाएको छ। उनीहरूले दिवंगत सहभागीप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहअस्तित्व, एकता र न्यायको सन्देश दिने उद्देश्यले सामूहिक भाइटीका मनाएका हुन्।
