SHARE
लोक पथ · बुधबार ५ कात्िक २०८२ १०:०७ AM · 1 मिनेट पढाइ

इलाममा जबरजस्ती करणी आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

इलाम । इलाम नगरपालिका–९ धजेडाँडाका ५२ वर्षीय टेकनाथ कार्कीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । २२ वर्षीया महिलामाथि करणी गरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले मंगलबार बिहान कार्कीलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानपछि कार्कीमाथि जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरिएको छ ।