पाँच दशकपछि भारत फर्किएका शीर्ष नागा विद्रोही नेता मुइवाह को हुन् ? हर्षोल्लासका साथ स्वागत
भारत । करिब पाँच दशकपछि भारतको उत्तरपूर्वी मणिपुर राज्यमा आफ्नो जन्मभूमि फर्केका वरिष्ठ नागा विद्रोही नेता थुङ्गालेङ मुइवाहको स्वागत बुधबार अत्यन्त हर्षोल्लासका साथ गरिएको छ । ९१ वर्षीय मुइवाहको हेलिकप्टर उखरुल जिल्लाको नीलो आकाशमुनि अवतरण हुँदा हजारौँ स्थानीय नागा नागरिक परम्परागत पोसाकमा स्वागतका लागि उपस्थित थिए ।
