SHARE
लोक पथ · बिहीबार ६ कात्िक २०८२ ०४:२४ AM · 1 मिनेट पढाइ

एनपीएलको लागि कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक, ट्यालेन्ट हन्ट ३ नोभेम्बरमा

काठमाडौं । कर्णाली याक्स स्पोर्टस् प्रालिले दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल)को लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । जर्सीमा आकासे र पहेँलो रंग समावेश गरिएको छ । जसले कर्णाली प्रदेशको भौगोलिक र सांस्कृतिक महत्व पनि राख्ने जनाइएको छ ।  एनपीएलको दोस्रो संस्करण मंसिरमा हुन गइरहेको छ ।