राष्ट्रपति पुटिनद्वारा रुसी आणविक बलको अभ्यासको निर्देशन, ट्रम्पसँगको शिखर सम्मेलन स्थगित
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशका रणनीतिक आणविक शक्तिहरूको व्यापक सैन्य अभ्यास सञ्चालन गर्न निर्देशन दिनुभएको छ । यस अभ्यासमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) र क्रुज मिसाइल प्रक्षेपणहरू समेत समावेश गरिएको बताइएको छ ।
