झापामा कुटपिटबाट युवकको मृत्यु
झापा । झापाको बिर्तामोड नगरपालिका–५ बुधबार राति मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–५ का ३० वर्षीय जगन राजवंशी छन् । झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार राजवंशी र केही व्यक्तिबीच झगडा हुँदा उनीमाथि कुटपिट भएको थियो ।
