आयोनको नयाँ ह्याचब्याक नेपाल भित्र्याउँदै सीजी मोटर्स, सेग्मेन्टकै कम मूल्यमा आउने दाबी
आयोनको नयाँ ह्याचब्याक कार चाँडै नेपाल आउने भएको छ । चिनियाँ गाडी उत्पादक कम्पनी जएसी आयोनको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले आयोन युटी ह्याचब्याक नेपाल ल्याउने भएको हो । १०० किलोवाट मोटर पावर भएको उक्त ह्याचब्याक तिहार लगत्तै नेपाली बजारमा ल्याउने तयारीमा कम्पनी रहेको छ ।
