सुनको भाउमा भारी गिरावट, एकै दिनमा २ सय डलरसम्म घट्यो
विश्व बजारमै किर्तीमानी उचाईमा पुगेको सुन र चाँदीको मूल्यमा एकाएक भारी गिरावट आएको छ । एक दिनमा २१६ डलरसम्म सुनको भाउ घटेको छ । यो भनेको ३० हजार भन्दा बढी नेपाली रुपैयाँ बराबर हो । यद्यपी, मूल्यमा तीव्र उतारचढाव भने देखिँदैछ ।
