अख्तियार पुग्यो राप्रपा, भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न पत्र
काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ । शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भ्रष्टाचारका सबै काण्डहरुको अध्ययन, अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउने माग राख्दै भ्रष्टाचार विरुद्ध प्रदर्शनसहित ज्ञापनपत्र बुझाएका हुन् ।
