सय वर्ष बाँचेर कम्युनिस्ट आन्दोलनलाई अघि बढाइरहन्छु : वामदेव गौतम
काठमाण्डु– नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) पार्टीसँग राष्ट्रिय एकता गरेपछि आज आफू अत्यन्तै हर्षित भएको प्रतिक्रिया दिएका छन्। शुक्रबार एकता समारोहलाई सम्बोधन गर्दै उनले दुई पार्टी एक भएको देख्दा आफू धेरै खुसी भएको बताएका हुन् ।
