SHARE
अन्नपूर्ण · बुधबार ५ कात्िक २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनपछि भारतबाट भित्रियो पटका, जताततै विस्फोटको आवाज मात्रै

विराटनगर : तिहारको उज्यालो र रंगीन दीपमालाबीच सोमबार (लक्ष्मी पूजा)को राति पूर्वका सहरहरु पटकाका ठुल्ठूला आवाजले थर्थराए। कोशी प्रदेशको राजधानी विराटनगरसहित पूर्वका विभिन्न सहर र ग्रामीण क्षेत्रमा जताततै विस्फोटको आवाज सुनियो। लक्ष्मी पूजाको अवसरमा घर–घरका आँगनमा दियो र बत्ती बालिँदै गर्दा गल्ली, छत र सडकभरि धमाधम पड्काइएका एवं पड्किएका पटकाले वातावरण तातो र असहज बनायो। वातावरणीय चेतना र कानुनी निषेधका अनेक प्रयास हुँदाहुँदै पनि यसवर्ष तिहारको लक्ष्मी पूजाको रात फेरि पटकाले नै जित्यो।