नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर आकर्षित काली पूजा पण्डाल
झापा : झापाको भद्रपुरमा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिरहरू राखेर काली पूजाको आकर्षित पण्डाल बनाइएको छ।जेनजी आन्दोलन पश्चात् देशमा देखिएको वर्तमान राजनीतिक परिस्थितले निराश भएका जनतालाई भर्खरै सिनियर पुरुष राष्ट्रिय क्रिकेट टोलीले दिएको उत्साहपूर्वक खुशीलाई आत्मसात् गर्दै क्लब बांगला भद्रपुरले क्रिकेट खेलाडीहरूको तस्बिर राखेर काली पूजा पण्डाल बनाएको पूजा समितिका संयोजक विजय साहले जानकारी दिए।
