SHARE
अन्नपूर्ण · बुधबार ५ कात्िक २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

सुनसरीमा लागूऔषध दुई कारोबारी पक्राउ

सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिका–१६ बालग्राम चोक नजिकै प्रतिबन्धित लागूऔषधसहित दुई कारोबारी पक्राउ परेका छन्।सोमबार राति पूर्व–पश्चिम राजमार्गको इटहरीबाट झुम्कातर्फ जाँदै गरेको को.३८ प.२०६७ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले रोकेर चेकजाँच गर्दा ठूलो परिमाणमा लागूऔषध बोकेका दुई कारोबारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए।