SHARE
अन्नपूर्ण · बुधबार ५ कात्िक २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

भाइटिकामा उपत्यका छाड्ने यात्रुहरूको संख्या बढ्यो

काठमाडौं : तिहारअन्तर्गत भाइटिका नजिकिँदै जाँदा उपत्यका छाड्ने यात्रुहरूको संख्या बढेको छ।उपत्यकाका विभिन्न नाकाका साथै बसपार्कहरूमा यात्रुहरूको भिड देखिएको छ। शनिबारदेखि सुरु भएको तिहारको भाइटिकाको बिहानसम्ममा करिब ५ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ।उपत्यका बाहिरिने सर्वसाधारणका साथै तिहारमा उपत्यका आउने यात्रुहरूको संख्या पनि उतिनै देखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।