त्रिदेशीय फुटबल खेल्ने नेपाली महिला टोलीको बिदाइ
काठमाडौं : त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको हो।बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले दसैँ र तिहारकाबीचमा पनि सवै खेलाडीहरूले मेहनत गरेकाले राम्रो नजिता आउने विश्वास व्यक्त गरे।
