बालुवाटारमा सरकार र दलका नेताबीच बैठक
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र ७ राजनीतिक दलका दोस्रो तहका नेताहरूबीचको छलफल जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस, एमाले, माओवादीसहित राष्ट्रिय मान्यता प्राप्त दलका साथै निवर्तमान संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता र प्रतिनिधि सहभागी भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले जानकारी दिए।
