इङ्ग्ल्याण्डविरुद्धको टेस्ट खेलमा घाइते भएका ऋषभ पन्त मैदानमा फर्किए
काठमाडौं : इङ्ग्ल्याण्डविरुद्धको म्यानचेस्टर टेस्टमा चोटग्रस्त भएका क्रिकेटर ऋषभ पन्त मैदानमा फर्किएका छन्। उनलाई दक्षिण अफ्रिका ʻएʼ विरुद्धको खेलका लागि भारत ʻएʼ को कप्तान नियुक्त गरिएको छ।भारत ʻएʼ र दक्षिण अफ्रिका ʻएʼ ले नोभेम्बरमा दुई, चार दिने खेल खेल्ने तालिका छ। बीसीसीआईले यी खेलका लागि टोली घोषणा गरेको छ।दुवै खेलका लागि छुट्टाछुट्टै टोली बनाइएको छ। यसमा ऋषभ पन्तले दुवै टोलीको कप्तानी गर्नेछन्।यस वर्षको जुलाई महिनामा भारतीय टोली इङ्गल्याण्ड भ्रमणमा गएको थियो।
