SHARE
अन्नपूर्ण · बुधबार ५ कात्िक २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

पाल्पामा झिनियाँ रोटीको व्यापार बढ्यो

तानसेन : तिहार आगमनसँगै पाल्पामा झिनियाँ रोटीको व्यापार बढेको छ। पाल्पाका व्यापारिक केन्द्रहरूका पसल पसलमा राखिएका रङ्गी विरङ्गी झिनियाँ रोटी सबैको मन लोभ्याउने गरेको छ। रोटीको पर्वका रूपमा मानिने तिहारमा झिनियाँ रोटीको महत्व बढेको छ। तिहारमा रोटीको परिकार लाई शोभायमान बनाउन झिनियाँ रोटी मिसाउने प्रचलन बढेको हो। तिहारको आगमनसँगै तानसेन, रामपुर लगायत नेवारी बस्तीमा झिनियाँ रोटीले ढाकेको छ। पाल्पाका बजारमा झिनियाँ रोटी खरिद बिक्री गर्नेहरूको भीडभाड बढेको छ।