SHARE
अन्नपूर्ण · बुधबार ५ कात्िक २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

इंग्ल्यान्डका मलान चितवन राइनोजमा अनुबन्ध, यी दुई विदेशी खेलाडीले पाए निरन्तरता

काठमाडौं : चितवन राइनोजले इंग्ल्यान्डका ब्याटर डाविड मलानलाई टिममा भित्र्याएको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को टिम चितवन राइनोजले सामाजिक सञ्जालमार्फत डाविड मलानलाई अनुबन्ध गरेको जानकारी दिएको हो। ३८ वर्षीय बाँयाहाते ब्याटर मलानले इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट ६२ खेल खेलेका छन्। जसमा उनले १ शतक र १६ अर्धशतकसहित १८९२ रन बनाएका छन्।इंग्ल्यान्डले सन् २०२२ मा टी–२० विश्वकपको उपाधि जित्दा मलान पनि टोलीमा थिए। यस्तै मलानले सन् २०२३ मा एकदिवसीय विश्वकप पनि खेलेका छन्।