बक्यौता विद्युत् महसुल नतिर्ने छ कम्पनीको लाइन काटियो
काठमाडौं : डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेर त्यसवापतको विद्युत् महसुल बक्यौता नतिर्ने छ वटा उद्योगको लाइन काटिएको छ।विद्युत् महसुल बक्यौता नतिर्ने जगदम्बा स्टिल, रिलायन्स स्पीनिङ मिल्स, शिवम सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए। डेडिकेटेड र ट्रंकलाइनको विद्युत् महसुल उठाउने विषय २०७५ सालयता सुल्झिन सकेको छैन।
