स्कुटर दुर्घटनामा दुई जनाको मृत्यु
भरतपुर : चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। भरतपुर विमानस्थल नजिकै आज बिहान स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो। आज बिहान भरतपुर–१० स्थित विमानस्थल नजिकै बाप्र ०६–००३ प ०६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
