भरुवा बन्दुकसहित एकजना पक्राउ
भोजपुर : भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्। टेम्केमैयुङ गाउँपालिका-३ हर्कटे सामुदायिक वनबाट सोही गाउँपालिका-४ चखेवा बस्ने ४० वर्षीय सचिन सिंह राई पक्राउ परेका हुन्। उनको साथबाट भरुवा बन्दुक १ थान, खुकुरी १ थान र सोही बन्दुकमा प्रयोग हुने छर्रा बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई भरुवा बन्दुकसहित फेला पारी उनलाई पक्राउ गरेको हो।
