SHARE
अन्नपूर्ण · बुधबार ५ कात्िक २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

बालुवाटार बैठक : निर्वाचनका लागि शान्ति सुरक्षाको प्रत्याभूति गर्न दलहरूको माग

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलका नेताहरूबीच छलफल भएको छ। मङ्गलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलन पछि दलका नेताहरूसँग छलफल गरेकी हुन्।  बैठकमा सरकार र दलहरूबीच निर्वाचन र शान्ति सुरक्षाबारेमा छलफल भएको छ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्रीले फागुन २१ गतेको निर्वाचनमा दलहरूको सक्रिय सहभागिताको विषयमा जोड दिएका थिए। तर दलहरूले भने अहिले निर्वाचनको वातावरण बनिनसकेको बताएका छन्।