राजनीतिक दलहरूसँग प्रधानमन्त्रीको छलफलमा को–को हुँदैछन् सहभागी ?
काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीबारे राजनीतिक दलहरूसँग मंगलबार बालुवाटारमा छलफल गर्दैछिन् । छलफलमा राष्ट्रिय मान्यताप्राप्त दलहरूका शीर्ष नेतासहित निवर्तमान संसद्मा प्रतिनिधित्व गरेका अन्य दलका नेताहरू पनि सहभागी भइरहेका छन् ।
