धानको समर्थन मूल्य लागू नगरे कारबाही गर्ने चेतावनी
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य कार्यान्वयन नगर्ने व्यापारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । धानको मूल्य नपाएको किसानको गुनासो बढेपछि मुख्यमन्त्री शाहले कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णप्रसाद लम्साललाई टेलिफोन गरेर तत्काल अनुगमन गर्न निर्देशन दिए ।
