दलहरूसँग प्रधानमन्त्री : ‘तोकिएकै मितिमा चुनाव गराउन सरकार अहोरात्र खटिएको छ’
काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले सरकार तोकिएकै मितिमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन अहोरात्र खटिएको बताएकी छन् । मंगलबार बालुवाटारमा राजनीतिक दलहरूसँग भएको छलफलमा प्रधानमन्त्री कार्कीले सरकारले निर्वाचन तयारीलाई प्राथमिकतामा राखेको बताउँदै सबै दलहरूलाई सहयोग र एकताको आग्रह गरिन् ।
