चुनावमा भाग लिन दलहरू तयार, सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने: सञ्चारमन्त्री (भिडिओ)
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सर्वदलीय बैठकमा सबै दलहरू निर्वाचनमा सहभागि हुन तयार भएका छन् । मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीको आह्वानमा बसेको सर्वदलीय बैठकमा निर्वाचनमा सहभागी हुन सबै दलहरू तयार भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।
