सहिदको नाममा गरिएको कार्यक्रममा नैतिक भ्रष्टाचार भयो: रक्षा बम
काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रमप्रति तीव्र असन्तुष्टि जनाएकी छन् । सामाजिक सञ्जालमार्फत बमले शहीद तथा घाइतेहरूको आवाज प्राथमिकतामा पर्नुपर्ने दिनमा कार्यक्रमको स्वरूपप्रति प्रश्न उठाएकी हुन् । उनले जेनजीका घाइते, आफ्ना सन्तान गुमाएका शहीद परिवार तथा आन्दोलनमा सहभागी युवाहरूको आवाज आज सबैभन्दा धेरै सुनिनुपर्ने बताएकी छन् ।
