शान्ति सुरक्षाको प्रत्याभूतिबिना निर्वाचन असम्भव: कांग्रेस (भिडिओ)
काठमाडौँ । राजनीतिक दलहरूले निर्वाचनको लागि शान्ति सुरक्षाको प्रत्याभूति हुन नसकेको उल्लेख गर्दै यही अवस्थामा निर्वाचन सम्भव नहुने बताएका छन् । मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सर्वदलीय बैठकमा राजनीतिक दलका प्रतिनिधिहरूले यस्तो धारणा राखेका हुन् ।
