ब्राजिलमा मिथेनोल मिसिएको मदिरा सेवनबाट मृत्युको संख्या ९ पुग्यो
काठमाडौं । ब्राजिलमा मिथेनोल मिसिएको मदिरा सेवनका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार, अझै ७ मृत्युमाथि अनुसन्धान भइरहेको छ । गत सेप्टेम्बर महिनामा जीन, भोड्का र ह्विस्कीजस्ता डिस्टिल्ड (आसवित) मदिरामा मानव स्वास्थ्यका लागि घातक मिथेनोल मिसिएको पुष्टि भएको थियो ।
