SHARE
लोक पथ · मङगलबार ४ कात्िक २०८२ ०७:५० AM · 1 मिनेट पढाइ

पाल्पामा कुटपिटबाट महिलाको हत्या

काठमाडौं । पाल्पाको माथागढी गाउँपालिका–४ देउगीरमा कुटपिटबाट एक महिलाको हत्या भएको छ । गए राति १२ बजे झडेवा बस्ने ३७ वर्षका मिनबहादुर विश्वकर्माले कुटपिट गरी ७६ वर्षीया फूलमाया जिसीको हत्या गरेका हुन् । विश्वकर्माको कुटपिटबाट फूलमायाका श्रीमान ८२ वर्षीय प्रेमबहादुर जिसी घाइते भएको प्रहरीले जनाएको छ ।