पोखरामा ६ लाखसहित २० जुवाडे पक्राउ
कास्की । प्रहरीले पोखराको नयाँजबार, लप्सीबोट र मोहरियाटोलबाट जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा उनीहरूबाट नगद छ लाख दुई हजार १०५ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
