SHARE
लोक पथ · मङगलबार ४ कात्िक २०८२ ०९:१५ AM · 1 मिनेट पढाइ

कास्की कारागारबाट फरार १५७ कैदी पक्राउ

पोखरा ।  जेनजी आन्दोलनको क्रममा कास्की जिल्लाको जिल्ला कारागार कार्यालयबाट फरार भएका कैदी बन्दीमध्ये ८३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रवक्ता एसपी हरिबहादुर बस्नेतका अनुसार, कास्की प्रहरीसहित अन्य जिल्लाका प्रहरी कार्यालयले फरार कैदीलाई समात्दा कुल संख्या १२१ पुगेको छ । कास्की जिल्लाबाट पक्राउ परेका ८३ कैदीमा विभिन्न मुद्दाका अभियुक्त रहेका छन् ।