SHARE
लोक पथ · मङगलबार ४ कात्िक २०८२ ०९:४९ AM · 1 मिनेट पढाइ

चितवन राइनोजले एनपीएलका लागि डाविड मलानसहित तीन विदेशी खेलाडी भित्रायो

काठमाडौं । चितवन राइनोजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि तीन विदेशी खेलाडी अनुबन्ध गरेको छ ।  टोलीले इंग्ल्यान्डका स्टार ब्याटर डाविड मलानसहित रवि बोपारा र सोहेल तनभिरलाई टिममा समावेश गरेको हो । रवि बोपारा र सोहेल तनभिरले पहिलो संस्करणको एनपीएलमा पनि खेलिरहेका थिए । चितवनले उनीहरूलाई यस पटक ‘रिटेन’ गरेको हो ।