ट्रम्पको चेतावनी : ‘कुनै सम्झौता भएन भने चीनले १५५ प्रतिशत कर तिर्नुपर्छ’
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीन बिच व्यापार सम्झौता भएन भने चीनले नोभेम्बर १ देखि १५५ प्रतिशत कर तिर्नुपर्ने चेतावनी दिएका छन् । ट्रम्पले भने, ‘मलाई लाग्छ चीनले हामीप्रति धेरै सम्मानजनक व्यवहार गरेको छ। उनीहरूले हामीलाई करमा धेरै पैसा तिरिरहेका छन्।
