नुवाकोटमा आगलागीबाट दुई घर जलेर नष्ट, १ करोड बराबरको क्षति
काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका-१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । आगलागीबाट नगद, गरगहनासहित अन्नबाली, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट भएको छ । आगलागीमा परी एक करोड बराबरको धनसम्पत्ति क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए ।
