लक्ष्मी पूजा लगत्तै प्राधिकरणले उद्योगको लाइन काट्न थाल्यो
नेपाल विद्युत प्राधिकरणले यसवर्ष तिहारको लक्ष्मी पूजा सकिए लगत्तै उद्योगमा बिजुलीको लाइन काट्न थालेको छ । सोमबार लक्ष्मी पूजा मनाउन दिएर मंगलबार बिहानैबाट प्राधिकरणले उद्योगको लाइन काट्न थालेको हो । डेडिकेटेड÷ट्रंक लाइनको विवादित विद्युत महशुल तिर्नका लागि कार्तिक २ गते सम्मको समय दिएको प्राधिकरणले बक्यौता तिर्न नआएका उद्योगहरुको लाइन काट्न थालिएको जनाएको छ ।
