जेनजी आन्दोलनमा बैंक लुटेर बुलेट मोटरसाइकल किन्ने व्यक्ति को हुन् ?
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा लुटपाट गरेर एक व्यक्तिले मोटरसाइकल किनेको खुलेको छ । बैंक लुटपाट गरेको आरोपमा पक्राउ परेका दोलखाका २७ वर्षीय दीपक श्रेष्ठले उक्त पैसाले बुलेट मोटरसाइकल खरिद गरेको खुलेको हो ।
