सरकार भयको साम्राज्य खडा गरेर आफ्नो आयु लम्ब्याउनेतर्फ लाग्यो: महेश बर्तौला
काठमाडौँ । नेकपा एमालेका नेता महेश बर्तौलाले मुलुक अहिले असंवैधानिक र अलोकतान्त्रिक मार्गबाट अघि बढिरहेको बताएका छन् । बिहीबार केन्द्रीय कमिटीको बैठकस्थलमा उनले यस्तो बताएका हुन् । उनले यसलाई संवैधानिक र लोकतान्त्रिक मार्गमा ल्याउनु अहिलेको मुख्य कार्यभार भएको जिकिर गरे । निर्वाचन र संसद पुनः स्थापनाको बाटोबाटै यसलाई सही दिशामा लैजान सकिने बताए ।
