निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार सक्रिय बनोस्: डा. सुरेन्द्र झा
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका महासचिव डा. सुरेन्द्र झाले सरकार तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन निष्पक्ष र भयरहित वातावरण निर्माण गर्ने कुरामा केन्द्रित हुनुपर्ने बताएका छन् । निर्वाचन आयोगले बिहीबार दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
