वर्तमान संसदीय प्रणाली र संविधानबाट मुलुकमा विद्यमान समस्याहरू हल गर्न सकिँदैन: महामन्त्री गुरुङ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री राजेन्द्र गुरुङले वर्तमान निर्वाचन प्रणाली र संविधानबाट मुलुकमा विद्यमान समस्याहरूको समाधान गर्न नसकिने टिप्पणी गरेका छन् । निर्वाचन आयोगले बिहीबार दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री गुरुङ यस्तो टिप्पणी गरेका हुन् ।
