SHARE
लोक पथ · बिहीबार ३० असो २०८२ ०९:०१ AM · 1 मिनेट पढाइ

सरकारले निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सकेको छैन : देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सरकारले आगामी निर्वाचन निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गर्न सक्नेमा शंका व्यक्त गरेका छन् ।  निर्वाचन आयोगले बिहीबार दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गुरुङले निर्वाचनमा माओवादी केन्द्र सहभागी हुन तयार भए पनि सरकारले त्यसका लागि वातावरण तयार नगरेको बताएका हुन् ।