एमालेले निर्वाचन आयोगलाई दियो सातबुँदे सुझाव, सरकारमाथि आरोप नै आरोप
काठमाडौं । नेकपा एमालेले वर्तमान सरकारको मुख्य कार्यभार निर्वाचन गराउने भए पनि सरकार त्यसमा गम्भीर नरहेको टिप्पणी गरेको छ । निर्वाचन आयोगले दलहरूसँग निर्वाचनका सम्बन्धमा आज गरेको छलफलमा एमालेले सरकारले चुनावको वातावरण बनाउनका लागि गर्नुपर्ने न्यूनतम काम पनि नगरेको आरोप लगाएको छ ।
