जनस्वराज पार्टी मधेस प्रदेशमा तटस्थ बस्ने
काठमाडौं । राजस्व पार्टी मधेस प्रदेशमा तत्काल तटस्थ बस्ने भएको छ । जनमत पार्टी छोडेर नवगठित राजस्व पार्टीमा लागेका मधेस प्रदेशका निःवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले तत्काल तटस्थ बस्ने बताएका हुन् । जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर निःवर्तमान मुख्यमन्त्री सिंहले अहिले आफ्नो दल तटस्थमा बस्ने जानकारी दिए ।
