SHARE
लोक पथ · बिहीबार ३० असो २०८२ ०९:४५ AM · 1 मिनेट पढाइ

शेयर बजारमा १८.४० अंकको गिरावट

काठमाडौं । बिहीबार शेयर बजार १८.४० अंकले घट्दै २४८७ अंकमा पुगेको छ । यो स्तर गत वर्षको असोज १३ यताकै न्यून हो । केही दिनयता बजार लगातार ओरालो लागिरहेको छ । आजको कारोबारमा ४५ कम्पनीको मूल्य बढ्दा १९७ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रह्यो ।