SHARE
लोक पथ · बिहीबार ३० असो २०८२ १०:२५ AM · 1 मिनेट पढाइ

मीन विश्वकर्माको आरोप : ‘सरकारमा निर्वाचन गर्ने जोश र जाँगर छैन’

काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सरकारले आसन्न निर्वाचनको तयारीमा कुनै उत्साह, जोश र जाँगर देखाउन नसकेको आरोप लगाएका छन् । बिहीबार निर्वाचन आयोगले राजनीतिक दलहरूसँग गरेको परामर्शपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘सरकार एकातिर निर्वाचन गर्नका लागि बनेको हो, तर उसले अहिले कुनै पनि जोश, जागर र चाल देखाइरहेको छैन ।