दलहरुको भीडमा वीरेन्द्रले खोले नयाँ दल, बुद्धकै जस्तो उडान भर्न सक्ला ?
काठमाडौं । आज बुद्ध एयर भन्ने बित्तिकै तपाईँ हाम्रो दिमागमा एक सफल एयरलाइन्स, सफलताको आकाशमा उडिरहेको एक सफल व्यवसाय भन्ने आउँछ । पूर्व न्यायाधीश, पूर्वमन्त्री समेत बनेका स्वर्गीय सुरेन्द्रबहादुर बस्नेतको सपनाको उडान बुद्ध एयरका हरेक जहाजको उडानमा देखिन्छ, भेटिन्छ । नेपालमा उड्डयन क्षेत्रमा भविष्य अन्योल नै रहेको अवस्थामा सुरेन्द्रले हवाइ क्षेत्रमा लगानी गरे ।
