माछा मार्ने क्रममा खोलामा डुबेर तीन बालिकाको मृत्यु
काठमाडौं । झापाको गौरादह नगरपालिका–९ सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । मृतक बालिकाहरूमा स्थानीय अञ्जु मगरकी सात वर्षीया सुष्मा मगर, नौ वर्षीया स्वीकृति मगर र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज दिउँसो माछा मार्ने क्रममा उनीहरू खोलामा डुबेका थिए ।
